सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज पुष १७ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग
वि.सं. पुष १७, २०७८ । ई.सं. १ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलागा । राक्षस, दक्षिणायन हेमन्त । शनिबार पौष कृष्णपक्ष । तिथि– चतुर्दशी, २६ः४६ बजे उप्रान्त औंसी । नक्षत्र– ज्येष्ठा, १८ः२६ बजे उप्रान्त मूल । योग– गण्ड, १३ः१९ बजे उप्रान्त वृद्धि । करण– भद्रा १५ः५६ बजेदेखि शकुनि, ६ः४६ बजे उप्रान्त किंस्तुघ्न । चन्द्रराशि वृश्चिक । आनन्दादि योग मुसल । दिनमान२५।५५ । सूर्योदय ६ः५६ । सूर्यास्त १७ः१८ । January 2022 A.D,दिशिचह्रेपूजा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ने र नजिकै घुम्न पनि पाइनेछ ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा पनि सचेत हुनुपर्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । मनोरञ्जनमा पनि सहभागी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.