सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिजुलीको बजार होइन, खपत हुने क्षेत्र खोज्नुपर्छ, हामी उल्टो बाटोमा छौँ ; अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभएको छ । अहिले विद्युतको बजार खोज्न लागिएको भन्नुहुँदै उहाँले बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताउनुभएको हो ।

आज शुक्रवार नयाँ बानेश्वरमा नागरिक लगानी कोषको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले विद्युतको खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताउनुभयो । ‘जलविद्युत् थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’

बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने भन्नुहुँदै उहाँले खपतले देशलाई आर्थिक विकासतिर लैजाने बताउनुभयो । कृषि आधुनिकीकरण, औद्योगीकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा खपत गर्न सकिने मन्त्री शर्माले औँल्याउनुभयो । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोष जस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको भन्नुहुँदै मन्त्री शर्माले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताउनुभयो । कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा उहाँले जोड दिनुभएको हो । ‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उहाँले भन्नुभयो, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्यक छ ।’ आउँदा दिनमा लगानीका लागि ठूलो पुँजीको आवश्यकता रहेकाले त्यसका लागि कोषहरू केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभएयो ।

लगानी कोषको नयाँ भवन ९१ करोड लागतमा ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भएको साढे ६ तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ समेत रहेको छ । उज्यालो अनलाइ बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.