सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतको देहरादुनमा नेपाली भाषाको रेडियो ‘घामछाया’ सञ्चालनमा !!

भारतको देहरादुनमा नेपाली भाषाको रेडियो सञ्चालनमा आएको छ। गोर्खाली सामुदायिक रेडियो स्टेशन ‘घामछाया’ ९० मेगाहर्ज बुधबारबाट सञ्चालनमा आएको हो। घामछाया प्रत्येक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म प्रशारण हुनेछ।

रेडियोको स्थापना पत्रकार तथा लेखक मधु गुरुङले गरेकी हुन्। नेपाली भाषा, संस्कृति, सम्पदा, इतिहास, पुराना लोक गीत र गोर्खालीहरुको गीत संरक्षण गर्ने उदेश्यले एफएम रेडियो सञ्चालनमा ल्याइएको गुरुङले बताइन्। रेडियोको कार्यालय देहरादुनस्थित गोर्खाली सुधारसभा गढी क्यान्टमा राखिएको छ।

 

(रेडियो बैतडीबाट साभार)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.