उच्च रक्तस्राबका कारण अछाममा एक महिलाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ कि पुर्णकला बिकको मृत्यु भएको हो।
बिहिबार राति प्रशब पिडा भएपछि रहफ स्वास्थ्य चौकि लगिएकी बिकको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य चौकिका अनमी गीता लम्सालले जानकारी दिइन् ।
रक्तस्राबका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको लम्सालले बताइन्। गोदावरी न्युज बाट सभार