सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेर्नुहोस् दैनिक राशिफल !! आज यी ९ राशिमाथी मिल्दैछ भगवानको कृपा, तपाइको कुन ? 

आज मिति २०७८ भदौ १७ गते बिहीबार । तदनुसार २ सेप्टेम्बर सन् २०२१ । भाद्र कृष्णपक्ष, एकादशी तिथि बिहीबार ।
गुँलागा, नेपाल संवत् ११४१ । सूर्योदय ५ः४३, सूर्यास्त १८ः२२ । भगवान बिष्णुको पूजा आरधाना गर्ने दिन । आज मेष, वृष, मिथुन, कर्कट, सिँह, तुला वृश्चिक, धनु र कुम्भ राशिका लागि शुभ रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज मान्यजनसंग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

World Link Ads
Mahakali Polytechnic

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

Dirghayu Ads

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शैक्षिक क्षेत्र मध्यम रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ । आर्थिक क्षेत्र सवल रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज घर परिवारसँग समय व्यतीत हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज धर्म,कर्ममा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । विपरित लिंगीप्रति आकर्षण बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

न्यायीक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज बित्तिय संस्थाबाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । खानपानमा विशेष सतर्कता अपनाउन जरूरी छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.