महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा गएराती भूकम्पको धक्का महशुस भएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार आसपास रहेको मापन केन्द्रका टेक्निकल असिस्टेन्ट तिर्थ दहालले बताए ।
उत्त भूकम्पले बैतडी र दार्चुलाका केहि स्थानमा धक्का महशुस भएको थियो ।
भूकम्पको धक्का सहसुस हँुदा स्थानीय त्रसित बनेका थिए । भूकम्पको क्षतीबारे हाल सम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।