काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले संविधानमा असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियताको
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले संविधानमा असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियताको विषयमा सम्झौता नहुने बताउनुभएको छ ।
संविधान संशोधन विधेयेकमाथिको छलफलमा भाग लिँदै उहाँले राप्रपाको यसमा कुनै स्वार्थ र निःस्वार्थ विना नै समर्थन हुने बताउनुभयो ।
‘दुनियाँलाई थाहा छ, अहिलेको संविधानमा राप्रपको गम्भीर असहमति छ ।
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताको विषयमा नै गम्भीर असहमती छ तर अहिलेको विषय राष्ट्रियता, अखण्डता र सार्वभौमताको सवाल भएकोले राप्रपाको शर्त छैन, देशभन्दा माथप अरु केही छैन’, लिङ्देनले भन्नुभो ।
उहाँले नक्सामा भूमि अटाएको भए पनि वास्तविक रुपमा नै भूमि ल्याउनुपर्ने बताउनुभयो । भूमि फिर्ता ल्याउनको लागि भारतसँग भाइको आधारमा नभइ मित्रताका आधारमा वार्ता गर्नुपर्ने बताउनुभयो ।
यदि भारतले सुगौली सन्धि नमान्ने भएमा टिस्टा र काँगडा पनि नेपालकै हुने उहाँले दाबी गर्नुभयो । भारतले सुगौलि सन्धी मान्ने हो भने लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भूभाग विना स्वार्थ नेपाललाई दिनुपर्ने उहाँले बताउनुभयो ।
विषयमा सम्झौता नहुने बताउनुभएको छ । संविधान संशोधन विधेयेकमाथिको छलफलमा भाग लिँदै उहाँले राप्रपाको यसमा कुनै स्वार्थ र निःस्वार्थ विना नै समर्थन हुने बताउनुभयो ।
‘दुनियाँलाई थाहा छ, अहिलेको संविधानमा राप्रपको गम्भीर असहमति छ । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताको विषयमा नै गम्भीर असहमती छ तर अहिलेको विषय राष्ट्रियता, अखण्डता र सार्वभौमताको सवाल भएकोले राप्रपाको शर्त छैन, देशभन्दा माथप अरु केही छैन’, लिङ्देनले भन्नुभो ।