सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

योगबाट मानसिक र शारीरिक दुवै सुख मिल्ने

काठमाडौं – पूर्वउपप्रधानमन्त्री अमिक शेरचनको प्रमुख आतिथ्यमा नयाँ नैकाप, काठमाडौंमा रहेको इन्द्र अन्नपूर्ण योग केन्द्रले ‘गरौं योग, भगाऔं रोग’ भन्ने मूल नारासहित शनिबार आफ्नो वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि शेरचनले योग विद्यालाई विज्ञानसम्मत् ढंगले अघि बढाउन सके ‘सुनमा सुगन्ध’ हुने बताए। योगले मानिसलाई निरोगी भएर बाँच्न सिकाउने पनि उनले बताए। योग केन्द्रका अध्यक्ष डा। सुभास घिमिरेले योगको महŒव प्रकाश पार्दै योगले मानिसलाई स्वस्थ्य र गतिशील बनाउने बताए। उनले योगबाट मानसिक र शारीरिक दुवै सुख मिल्ने भएकाले यसको साधना गर्न सबैलाई अनुरोध गरे।

कार्यक्रममा राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, पूर्वमन्त्री विक्रमबहादुर थापा, चन्द्रागिरि नगारपालिका वडा नम्बर १४ का अध्यक्ष रामहरि बस्नेतलगायते योग विद्याको विकासमा आआफ्नो तर्फबाट इन्द्र अन्नपूर्ण योग केन्द्रलाई सहयोग गर्ने वचन दिए। वडाध्यक्ष बस्नेतले केन्द्रको आधुनिक भवन बनाउन वडाका तर्फबाट सहयोग गर्ने बताए।

पतन्जली योग केन्द्रका दुर्गा पन्त, केन्द्रका उपाध्यक्ष मंगल श्रेष्ठ र सचिव दीपक महर्जनलगायतले पनि योगबारे प्रकाश पारे। योग शिक्षाका विभिन्न कला र आसन प्रस्तुत गरिएको कार्यक्रममा केन्द्रका ज्येष्ठ साधकहरू डिलमाया महर्जन र रणेन्द्र बरालीलाई अभिनन्दन गरियो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.