सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा विश्व दुग्घ दिवस सम्पन्न !

महेन्द्रनगर १८ जेठ ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा विश्व दुग्घ दिवस सम्पन्न भएको छ । शनिबार वेदकोट नगरपालिका पशु सेवा शाखा कार्यालय र शुुक्लाफाटा उन्नत गाई भैंसी दुग्ध उत्पादक समितीको संयुक्त आयोजनामा विश्व दुग्ध दिवस मनाईएको हो ।



कार्यक्रममा नगरका दुग्घ किसानका समस्याको बारेमा छलफल गरिएको छ ।

कार्याक्रममा बोल्दैँ वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले दुग्घ किसानका समस्या समाधानका लागि नगरपालिका तयार रहेको बताए ।
नगर प्रमुख चन्द्रको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा सभापति शुुक्लाफाटा उन्नत गाई भैंसी दुग्ध उत्पादक समितीका बिष्णु पौडेल, अतिथिमा पशु सेवा शाखा प्रमुख महेन्द्र पाण्ड, भेटेरीनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरका योजना अधिकृत शंकर दत्त जोशी र निवर्तमान अध्यक्ष रघुबर प्रसाद लेखक लगायत स्थानीय किसानको उपस्थिती रहेको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.