सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपस्चिमको बिकट पहाडी जिल्ला बझाङ्गका महर

म एउटा सामान्य मान्छे हुँ। सुदुरपस्चिमको बिकट पहाडी जिल्ला बझाङ्ग मा जन्मेर हुर्केर स्कुल शिक्षा प्राप्त गरि २०५५ सालमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौ प्रबेश गरे पश्चात् विद्यार्थी आन्दोलनको नेता संगठन तत्कालिन अनेरास्ववियु को कार्यकर्ता बनेर इमानदारीका साथ निरन्तर कृयाशिल बनी कहिले उकाली कहिले ओराली अनि विभिन्न आरोह अबरोह पार गर्दै आएको छु। २१ बर्षको यो निरन्तर कृयाशिलताको उपज आज एउटा ऐतिहासिक जिम्मेवारी प्राप्त भएको छ। नेपालको विद्यार्थी आन्दोलनको प्रमुख दुई ठुला संगठनको एकता पस्चातको नेतृत्व गर्ने बिषय आफैमा ठूलो अवसर हो र यो संगै आइलाग्ने चुनौती पनि छन। तर हरेक चुनौती हरुलाइ अवसरमा रुपान्तरण गर्दै हामी अगाडि बढ्ने छौं र परिवर्तित सन्दर्भमा विद्यार्थी आन्दोलनलाई एउटा उचाई प्रदान गर्नेछौं ,यो आन्दोलन प्रतीको बिश्वास र भरोसा थप बलियो बनाउने छौं, लाखौं विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउने छौं। नेपालको कम्युनिस्ट आन्दोलनको जगका रुपमा यसलाई बिकास गर्नेछौं। सिङ्गो अखिल पंक्तिलाई एकताबद्ध बनाएर एउटै ताल र चालमा अगाडि बढ्ने छौं।सुखी नेपाली समृद्ध नेपालको महा अभियानको सारथि बन्ने छौं।
यो ऐतिहासिक जिम्मेवारी पुर्ण बिश्वासका साथ प्रदान गर्ने हाम्रो गौरवशाली पार्टी नेकपा र पार्टी नेतृत्व प्रती हार्दिक आभार प्रकट गर्दछु। साथै यो अभियानमा लाग्नुहुने सम्पुर्ण साथिहरुलाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्दछु।
फेरि पनि सम्पुर्ण साथी हरुको पुर्ण साथ सहयोगको अपेक्षा गर्दै नेकपाको विभिन्न जनसंगठनको संयोजक सह संयोजक हुनुभएका सबै कमरेड हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.