कैलाली उद्योग वाणिज्य संघले हेलिकप्टरबाट चार हजारमा धनगढी बजार घुमाउने प्याकेज ल्याएको छ। उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवका अवसरमा हेलिकप्टर मार्फत धनगढी बजार घुमाउने प्याकेज ल्याएको हो। कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले हेलीकप्टर मार्फत धनगढी बजार घुमाउनका लागि पुरानो एयरपोर्टमा हेली प्याड बनाईएको बताए।
आजैदेखि प्याकेज सुरु भएको छ । आज एक समूहले हेलिकप्टर मार्फत धनगढी अवलोकन गरेका छन् । भोली धनगढी र खप्तड जाने समुहहरुलाई घुमाईने भएको छ । अहिले पाँच दिनसम्म प्याकेज चलाउने तयारी भएपनि आवश्यकताका आधारमा समय बढाउन पनि सकिने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ
dineshkhabar