सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बस दुर्घटना हुँदा १ जनाको मृत्यु , १३ घाईते

कालुपाण्डे मार्ग अन्तरगत धादिङको ससाहमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । सदरमुकाम धादिङबेसीबाट नलाङ तर्फ जादै गरेको बा ३ ख २७३१ नम्बरको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहको छेउमा रहेको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो ।

Sana Kishan

दुर्घटनामा घाईते भएका बस चालक सिद्धलेक गाँउपालिका २ का शिबराम सिलवाललाई उपचारको लागि काठमाडौँ लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

दुर्घटनामा घाईते हुनेमा नीलकण्ठ नगरपालिका ३ बस्ने ४० बर्षीय अम्बिका लामिछाने, नीलकण्ठ नगरपालिका ३ बस्न बर्ष १५ का मनोज घिमिरे, सिद्धलेक गाँउपालिका २ का २२ बर्षीय बिनोद सुनार, सिद्धलेक गाँउपालिका १ की ४५ बर्षीयसिता भट्राई, नीलकण्ठ नगरपालिका ३ बस्ने २२ बर्षीय सतिष खाति, सिद्धलेक गाँउपालिका २ का अन्दाजि ३५ बर्षीय शिब सिलवाल, सिद्धलेक गाँउपालिका २ का २१ बर्षीय दिलिप श्रेष्ठ, सिद्धलेक गाँउपालिका २ का २३ बर्षीय बिनिता सुनार, नीलकण्ठ नगरपालिका २ बस्ने ३८ बर्षीय राममाया सुनार, ज्वालामुखि गाँउपालिका २ बस्ने २० बर्षीय सम्झना सामरी, सिद्धलेक गाँउपालिका २ की १५ बर्षीय भगवति गिरि, सिद्धलेक गाँउपालिका २ का ३८ बर्षीय भरत गिरि, सिद्धलेकका सुम्बर्ण सिंह ठकुरी र एक जनाको नाम नखुलेको गरी १४ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.