कञ्चनपुर । देशभरको मौसम आज सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनी वायुको प्रभाव कमजोर रहे पनि पहाडी भू-भागका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ।
विभागका अनुसार, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यस्तै, अन्य प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
मौसमविद्हरूका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।










Discussion about this post