Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लागूऔषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस : दोधारा चाँदनीमा जनचेतनामूलक कार्यक्रम

प्रकाश भट्ट by प्रकाश भट्ट
असार ८, २०८२
लागूऔषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस : दोधारा चाँदनीमा जनचेतनामूलक कार्यक्रम
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता: लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ। लागूऔषध विरुद्धको साताव्यापी कार्यक्रमअन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), दोधाराचाँदनी नगरपालिका, युवा उत्थानशील समूह, सनराइज मिडिया हाउस, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय दोधारा, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीम सुरक्षा गुल्म देविस्थान कञ्चनपुर र निडस् नेपालले संयुक्त रूपमा आयोजना गरेका थिए।

दिवसको अवसरमा नगरपालिकाबाट निकालिएको विशाल र्‍यालीले लागूऔषध विरुद्ध चर्का नाराबाजी गर्दै भानु माध्यमिक विद्यालयको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो। र्‍यालीमा स्थानीय नागरिक, विद्यार्थी, सामाजिक कार्यकर्ता र सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण ढकालले लागूऔषध दुरुपयोगले समाजमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पार्दै यसको नियन्त्रणका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले युवाहरूलाई लागूऔषधको कुलतबाट बचाउन परिवार, समाज र राज्य सबैको उत्तिकै भूमिका रहने कुरामा जोड दिनुभयो।

त्यस्तै, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले लागूऔषधमुक्त समाज निर्माणका लागि जनचेतना अभिवृद्धि र रोकथामका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

दोधाराचाँदनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ओम बस्नेतले स्थानीय सरकारको तर्फबाट लागूऔषध नियन्त्रणका लागि गरिएका पहलहरू र आगामी रणनीतिबारे जानकारी दिँदै यस अभियानमा सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो।

युवा उत्थानशील समूह दोधाराचाँदनीका संयोजक दुर्गा बडुवालले युवाहरूलाई लागूऔषधको दुर्व्यसनबाट टाढा राख्नका लागि शिक्षा, खेलकुद र रचनात्मक गतिविधिहरूमा बढीभन्दा बढी संलग्न गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले युवाहरूलाई कुलतमा फस्नबाट जोगाउन उनीहरूलाई सकारात्मक ऊर्जा दिने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने र त्यसका लागि स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्न युवा उत्थानशील समूह सधैं तयार रहेको बताउनुभयो।

कार्यक्रमको सञ्चालन एनएनएसडब्ल्यूएका पूर्वसूचना तथा पूर्व प्रतिकार्य (EWEA) अधिकृत भोजराज भट्टले गर्नुभएको थियो। यस कार्यक्रमले दोधाराचाँदनी क्षेत्रमा लागूऔषध विरुद्धको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु
देश/राष्ट्रिय

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो
देश/राष्ट्रिय

धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

साउन २२, २०८३
कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व