Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३, २०८२
कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

माधब पौडेल, कञ्चनपुर । पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका स्थानीय तहलाई लक्षित उमेर समूहका सबै बालबालिकाले नियमित रूपमा खोप सेवा प्राप्त गरिसकेको पुष्टि भएपछि मङ्गलबार बेलौरी नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

बेलौरी नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख एवं जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्पन्न घोषणा गर्नुभयो ।कार्यक्रमको स्वागत मन्तव्य बेलौरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेब मानबहादुर चन्दले राख्नुभएको थियो।

शुभकामना मन्त्यब बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले दिनुभएको थियो।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका सभापति दुर्गा बोहराले पूर्ण खोप अभियान सफल बनाउन लाग्नुहुने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत नगरपालिकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै लागू औषध नियन्त्रणका लागि पहल गर्न आवश्यक रहेको बताउनुभयो।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय, वडा र पालिकाको ऐक्यबद्धताले मात्र यो सम्भव भएको बताउँदै बाल बच्चाको मृत्युदर घटाउनमा खोप अभियान सहज हुने बताउनुभयो। पूर्ण खोप सुनिश्चितता गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नभयो।कार्यक्रममा जिल्ला समन्वय समिति उपसभापति रामकुमारी राना,बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा,नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा अध्यक्ष सुरेश सिंह धामी, स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल पर्सन जनकबहादुर कुँवर, स्थानीय जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा खोप अभियानमा योगदान पुर्याएका बापत उच्च मूल्यांकन गर्दै लक्ष्मीपुर स्वास्थ्य चौकीमा कार्यरत भारुदेवि बोहरा र निर्मला चौधरीलाई नगद रु दुई हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र पत्र प्रदान गरीएको छ। नगरस्तरीय महिला स्वास्थ्य स्वयंसेविका समितिले उत्साहजनक भूमिका निर्वाह गरेवापत कदर प्रदान गरिएको बेलौरी नगरपालिका स्वास्थ्य शाखामा प्रमुख जयसिंह बोहराले जानकारी दिनुभयो।पालिकामा १२ वटा स्वास्थ्य संस्था रहेको छ।

पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २ हजार १सय ५७ जनालाई खोप सेवा प्रदान गरेको छ। कार्यक्रमको सहजीकरण रामपुर स्वास्थ्य चौकीका प्रमुख धर्मानन्द भट्टले गर्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व