Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १, २०८२
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । वर्षा ऋतु सुरु भएसँगै हुन सक्ने प्राकृतिक विपद् तथा त्यसले पार्न सक्ने असरलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मनसुन पूर्व तयारी तथा प्रतिकार्यका सन्दर्भमा सरोकारवालासँग व्यापक छलफल गर्नुभएको छ ।

उक्त छलफलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल आयल निगम लिमिटेड तथा निजी क्षेत्रका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मन्त्री भण्डारीले वर्षायाममा आवागमन अवरुद्ध, प्राकृतिक प्रकोप तथा आपतकालीन परिस्थिति आएमा देशभर अत्यावश्यक वस्तुहरूको सहज आपूर्ति सुनिश्चित गर्न सबै पक्षलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार जनताको सेवा र सुरक्षाका लागि सधैं प्रतिबद्ध छ, तर आपूर्तिको स्थायित्वका लागि सार्वजनिक र निजी क्षेत्र मिलेर काम गर्नु अत्यावश्यक छ ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले देशभर रहेका गोदामहरूमा पर्याप्त मात्रामा चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री सञ्चय गरिएको जानकारी दिनुभयो । “यातायात अबरुद्ध भए पनि भण्डारणका कारण आपूर्ति नियमित हुन सक्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

शाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दाल, चामल, नुन, तेल लगायतका वस्तुहरूको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भयो । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले पनि पेट्रोलियम पदार्थहरूको आपूर्ति नियमित गराउने व्यवस्था मिलाइएको जनाउँदै आपतकालीन भण्डारणमा पनि ध्यान दिइएको बताउनुभयो ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता देखिएको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मनसुनको समयमा उपभोग्य वस्तुहरूको अभाव हुन नदिन प्रदेश तथा जिल्ला तहका सम्पूर्ण इकाइहरूलाई सूचित गरिने जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा राज्यलाई साथ दिन तयार रहेको र आपूर्तिमा कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाएका थिए ।
मन्त्री भण्डारीले सबै व्यवसायी तथा उद्योगीहरूलाई सेवाभावका साथ काम गर्न आग्रह गर्दै भने, “संकटको घडीमा निजी क्षेत्रको सकारात्मक भूमिका निकै महत्त्वपूर्ण हुन्छ । नागरिकले सहज रूपमा आवश्यक वस्तु पाउनुपर्छ भन्ने नै हाम्रो मूल उद्देश्य हो ।” उहाँले निजी क्षेत्रसँग सरकारबीच समन्वय बढाउँदै आपतकालीन राहत र आपूर्तिको व्यवस्थापनमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रकोप व्यवस्थापन कुनै एउटै निकायको काम नभएको उल्लेख गर्दै साझा प्रयास, योजना र समन्वयमार्फत मात्रै दीगो समाधान सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
छलफलको अन्त्यमा मन्त्री भण्डारीले सार्वजनिक–निजी साझेदारीमा आधारित सहकार्यलाई मजबुत पार्दै आगामी दिनमा अझ प्रभावकारी तयारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै
वातावरण

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति
देश/राष्ट्रिय

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व