कञ्चनपुर – वेदकोट नगरपालिका वडा नम्बर -९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थी नेतृत्व विकासका लागि स्कूल क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन सम्पन्न गरेको छ।

विद्यालयमा आयोजित उक्त निर्वाचनमा १८८ जना विद्यार्थीले मतदान गरेका थिए। ६ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा कक्षा १० का दीपेश पाण्डेय स्कूल क्याप्टेन र सोही कक्षाका प्रवीण जोशी भाइस क्याप्टेनमा निर्वाचित भए। विजयी विद्यार्थीहरूलाई सपथ ग्रहण गराइएको छ भने उनीहरूलाई ब्याच प्रदान गरिएको छ।
विद्यालयका मावि संयोजक चन्द्रकान्त भट्टका अनुसार, यो कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता र लोकतान्त्रिक मूल्य–मान्यताको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर रोकायले विद्यार्थी नेतृत्वको यो कदमले विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने बताए। उनले भने, “विद्यार्थीहरूलाई यस्ता गतिविधिमा सहभागी गराउँदा उनीहरूमा जिम्मेवारीबोध र नेतृत्व कौशलको विकास हुन्छ।”










Discussion about this post