Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त -११ मा तेस्रो मेयर कप डे-नाइट क्रिकेट प्रतियोगिता सुरु

ई. बिबेक पन्त by ई. बिबेक पन्त
चैत्र २६, २०८१
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा तेस्रो संस्करणको मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता सुरु भएको छ। सोमबार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा चर्चित गायक चक्र बमको समेत प्रस्तुती रहेको आयोजकले जानकारी दिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजनामा हुने यो प्रतियोगिताले स्थानीय खेलाडी र क्रिकेट प्रेमीहरूमाझ ठुलो उत्साह सिर्जना गरेको छ। प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने भएका छन्, जसले कञ्चनपुरको खेल क्षेत्रमा नयाँ रौनक थप्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको पुरस्कार राशि पनि आकर्षक राखिएको छ। प्रथम हुने टिमले ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टिमलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, सेमिफाइनलमा पुग्ने दुवै टिमलाई प्रोत्साहन स्वरूप ७ हजार रुपैयाँ दिइनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विविध पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यी पुरस्कारहरूले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने विश्वास लिइएको छ।

भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापाले यो प्रतियोगिताको मुख्य उद्देश्यबारे प्रकाश पार्दै भने, “हाम्रो नगर क्षेत्रमा क्रिकेटको वृद्धि र विकास गर्न, नयाँ खेलाडी उत्पादन गर्न, गड्डाचौकी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र समग्रमा कञ्चनपुरको खेल क्षेत्रको समृद्धिका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।” उनले थपे, “मैले चुनाव जितेपछि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छु र यो तेस्रो संस्करणले अझै धेरै खेलाडी र दर्शकको मन जित्नेछ भन्ने अपेक्षा छ।”

यो प्रतियोगिताको विशेषता भनेको डे-नाइट दुवै समयमा खेल सञ्चालन हुनु हो। आधुनिक लाइटको व्यवस्थापनसहित रातको समयमा पनि खेल हुने भएकाले खेलाडी र दर्शक दुवैका लागि यो नौलो अनुभव बन्ने देखिन्छ। “हामीले डे-नाइट दुवै समयमा खेल सञ्चालन गर्छौँ,” वडाध्यक्ष थापाले भने, “खेलाडीहरू निकै उत्साहित छन् र स्थानीय समुदायको साथ-सहयोग पनि उत्तिकै छ। यो प्रतियोगिताले हाम्रो क्षेत्रको पहिचान पनि बढाउनेछ।”

प्रतियोगिताको व्यवस्थापनलाई थप आकर्षक बनाउन आयोजकले प्रत्यक्ष प्रसारणको व्यवस्था गरेको छ। यसले कञ्चनपुरबाहिरका दर्शकहरूलाई पनि खेलको मजा लिने अवसर प्रदान गर्नेछ। साथै, आधुनिक सुविधासहितको मैदान र रातको समयमा लाइटको व्यवस्थाले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा स्थानीय खेल प्रेमी, खेलाडी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो छ। प्रतियोगिताले कञ्चनपुरको खेल क्षेत्रमा मात्र नभई पर्यटन र सामाजिक एकताको विकासमा पनि योगदान पुर्‍याउने आयोजकको दाबी गरेको छ छ।

वडाध्यक्ष थापाले यो प्रतियोगितालाई निरन्तरता दिँदै आगामी वर्षहरूमा अझ ठुलो स्तरमा आयोजना गर्ने योजना रहेको पनि बताए। “हाम्रो लक्ष्य भनेको कञ्चनपुरलाई क्रिकेटको हबका रूपमा स्थापित गर्नु हो,” उनले भने। यसका लागि स्थानीय सरकार, खेलाडी र समुदायको संयुक्त प्रयासले यो प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरिएको छ।

प्रतियोगितामा गणेश थापा, बिरेन्द्र शाही, नरेन्द्र भट्ट, गणेश आग्री अम्पायर रहेका छन्। २०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएका काँग्रेस नेता समेत रहेका खेलप्रेमी प्रकाश थापाले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो कार्यक्रम ल्याउने संकल्प गरेका थिए। पहिलो पटक ०७९, दोस्रो ०८० र तेस्रो ०८१ मा सिद्धनाथ अमर माध्यमिक विद्यालयको प्राङ्गणमा क्रिकेट प्रतियोगिता गर्न लागिएको छ।

प्रतियोगिता सिद्धनाथ अमर माद्यमिक विद्यालय गड्डाचौकीको खेल मैदानमा सञ्चालन हुँदैछ।

ई. बिबेक पन्त

ई. बिबेक पन्त

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व