पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव अहिले पूर्वी तराईमा सरेको छ। यसका कारण अहिले कोशी र मधेश प्रदेशलगायतका भूभागमा बदली छ।
शुक्रबार वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भूभागमा भने आज मौसम सामान्यतया सफा नै रहनेछ।
काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा नै रहनेछ। शुक्रबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। दिउँसो अधिकतम तापक्रम १७ देखि १९ बिच पुग्ने अनुमान छ।









Discussion about this post