Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कुन समयमा कफी पिउँदा बढी फाइदाजनक ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ पुष २५, बिहीबार ०८:०२
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कफी संसारमा सबैभन्दा लोकप्रिय पेय मध्ये एक हो । सबै उमेरका मानिसहरू कफी पिउन मन पराउँछन् । वासनाले मानिसहरू कफीतिर आकर्षित हुन्छन् ।

धेरैजसो मानिस बिहान बिहान उठ्ने बित्तिकै कफी पिउन मन पराउँछन् । कतिलाई भने दिउँसो कफी पिउँदै काम गर्न मन लाग्छ । केही मानिस कफीप्रति यति मोहित हुन्छन् कि सुत्नुअघि पनि कफी पिउँछन् । कफी स्वास्थ्यका लागि फाइदाजनक छ । तर कफी पिउने उपयुक्त समय हुन हो ? के तपाईंलाई थाहा छ ? यदि छैन भने, तपाईंले यस बारे जान्नै पर्छ ।

हेल्थलाइनको रिपोर्ट अनुसार कफी पिउने सबैभन्दा उत्तम समय बिहान ९ः३० देखि ११ः३० सम्म हो । यस समयमा अधिकांश मानिसको कोर्टिसोल स्तर कम हुन्छ । कर्टिसोल तनाव हार्माेन हो । मान्छेको कर्टिसोल स्तर कम भएको समयमा कफी पिउनु बढी फाइदाजनक हुन्छ भनेर भनिन्छ । वास्तवमा, क्याफिनले कोर्टिसोल स्तर बढाउन सक्छ । अत्यधिक तनावमा भएको समयमा हामीले कफी पिउनु हुँदैन । तर यस विषयमा विज्ञहरूको फरक मत छन् । धेरै विज्ञहरूले यसलाई कफी पिउने सबैभन्दा राम्रो समय मान्छन् भने केही विज्ञहरू यसमा सहमत छैनन् ।

अब प्रश्न उठ्छ कि दिनमा कति कफी पिउने ? कयौँ अनुसन्धानका अनुसार, एक स्वस्थ व्यक्तिले प्रति दिन ४०० मिलिग्राम क्याफिन उपभोग गर्न सक्छ । अझ बुझ्ने भाषामा भन्नु पर्दा दिनमा लगभग चार कप (९५० एमएल)सम्म कफी पिउन सुरक्षित मान्न सकिन्छ ।

गर्भवती र स्तनपान गराउने महिलाले दिनमा ३०० मिलिग्राम (२–३ कप) भन्दा बढी कफी पिउनु हुँदैन । केही अध्ययनहरूले त दिनमा २ कप भन्दा बढी कफी पिउनु हुँदैन भनेर पनि देखाएका छन् । क्याफिन कफीमा मात्र नभई चिया, चिसो पेय पदार्थ, इनर्जी ड्रिङ्क र डार्क चकलेटमा पनि पाइन्छ ।

स्वास्थ्य विज्ञहरूको कुरा मान्ने हो भने राति कफी पिउनबाट जोगिनुपर्छ । नत्र निद्रामा समस्या हुनसक्छ । बिहानदेखि बेलुकासम्म कफी पिउन सकिन्छ, तर राती सुत्नुभन्दा केही घण्टा अगाडि कफी पिउन छोड्नु पर्छ भन्ने यिनीहरूको राय छ ।

यसो नगर्दा निद्रामा धेरै खाले समस्या आउन सक्छ र कयौँ रोगको जोखिम पनि बढ्न सक्छ । यदि कुनै व्यक्ति उच्च रक्तचापबाट ग्रसित छ भने ऊ पनि कफीबाट टाढा रहनुपर्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८१ पुष २५, बिहीबार ०८:०२
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८१ पुष २५, बिहीबार ०८:०२
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०८१ पुष २५, बिहीबार ०८:०२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८१ पुष २५, बिहीबार ०८:०२
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८१ पुष २५, बिहीबार ०८:०२
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८१ पुष २५, बिहीबार ०८:०२
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ पुष २५, बिहीबार ०८:०२
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ पुष २५, बिहीबार ०८:०२
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८१ पुष २५, बिहीबार ०८:०२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व