Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा पुस २६ गतेदेखि जिल्ला स्तरीय एन-प्याबसन खेलकुद महोत्सव हुने

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २४, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजनामा पुस २६ गतेदेखि महेन्द्रनगरमा एनप्याब्सन खेलकुद महोत्सव २०८१ हुने भएको छ ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा एन-प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले एनप्याब्सन कञ्चनपुरले १७ औँ खेलकुद महोत्सव २०८१ गर्न लागेको बताए। महोत्सवबाट एनप्याब्सनमा आबद्ध विद्यालयको शैक्षिक एवम् अतिरिक्त क्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

अध्यक्ष चन्दका अनुसार खेल महोत्सवको वृहत रूपमा खुल्ला मञ्चबाट प्रभात फेरी गरी बजार परिक्रमा गरेर खेल महोत्सवको सुरुवात गरिने छ। उद्घाटन कार्यक्रममा २० हजार विद्यार्थी, शिक्षक तथा अभिभावको उपस्थिति रहने एन-प्याब्सन कञ्चनपुरका सचिव कुबेर खडकाले बताएका छन्। साथै उनले विगतका वर्षहरूमा भन्दा यस वर्ष विद्यार्थीहरूलाई थप पुरस्कृत बनाइने बताए । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिने एन-प्याब्सन कञ्चनपुरका सहसचिव सुरेन्द्र राज जोशीले जानकारी दिए।

त्यसै गरी एन-प्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष एवम् खेल संयोजक बलदेव भट्टले पुस २६ गतेदेखि २९ गतेसम्म कभर्डहलको प्राङ्गणमा विभिन्न खेलकुदहरू सञ्चालन गरिने जानकारी दिएका छन्।

उनका अनुसार प्रतियोगिता आधारभुत तह क (कक्षा १-५), आधारभुत तह ख (कक्षा ६-८) तथा माध्यमिक तह क (कक्षा ९-१०) र माध्यमिक तह ख (कक्षा ११-१२) गरी  चार तहमा हुनेछ। जसमा छात्र, छात्रा बिच लङ जम्प, हाई जम्प, सर्ट फुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौड जस्ता खेलहरूमा प्रतिस्पर्धा हुने छ।

विद्यार्थीको बौद्धिक, शारीरिक पक्षमा ह्रास आउन नदिन खेलकुदमा सहभागी हुनुपर्ने खेल संयोजक भट्टको भनाइ रहेको छ। उनले भने ‘इलेकट्रोनिक डिभाइसमा अभ्यस्त हुँदा अध्ययनमा अति आवश्यक क्रियाकलाप नभएर विद्यार्थीको सकारात्मक विकासमा ह्रास आएको छ।  विगतका कठिन अवस्थालाई पार गर्दै सामान्यीकरण भएकाले अब विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यान दिँदै खेलकुद महोत्सवलाई निरन्तरता दिँदै छौ।’

जिल्लाभरमा १ सय भन्दा बढी विद्यालयहरू रहेको एन-प्याब्सनमा ६० भन्दा बढी विद्यालयहरूले खेल महोत्वसमा सहभागिताको लागि दर्ता गरि सकेको आयोजकले जनाएको छ। खेलकुद महोत्सवमा ५२ स्वर्ण, ५२ रजत र ६६ काँस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा  हुनेछ। खेलकुद महोत्सवको प्रभात फेरी र सांस्कृतिक कार्यक्रम सहित भव्य पुस २६ गते ११ बजे खुल्ला मञ्चमा उद्घाटन गरिने छ भने बाँकी खेलहरू महेन्द्रनगर स्थित कभर्ड हलमा सञ्चालन हुने छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय विजेता विद्यालयका खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ। बिहान हजारौँ विद्यार्थीको सङ्ख्यामा मार्च पास सहित मञ्चमा उद्घाटन गरिनेछ।

एन-प्याब्सन कञ्चनपुरका कोषाध्यक्ष सूर्य बहादुर चन्दले महोत्सवमा झन्डै १० लाख खर्च हुने बताएका छन्। कोषाध्यक्ष चन्दका अनुसार एन-प्याब्सनका सदस्य विद्यालयबाट सहभागी शुल्क सङ्कलन गरिनेछ ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व