कञ्चनपुर । स्थानीय वायु सक्रिय हुँदा शुक्रबार देशका विभिन्न भागमा आंशिक बदलीदेखि हल्का वर्षाको अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भेगको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
२४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी भेगको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।









Discussion about this post