सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तराईका केही ठाउँमा हुस्सु, उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

कञ्चनपुर । बङ्गालको खाडीमा रहेको चक्रवात फेनजलको आंशिक प्रभावका कारण दिउँसो कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा सामान्य बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

दिउँसो गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभावसँगै फेनजल चक्रवातको आंशिक प्रभाव रहेको हो ।

अहिले तराईका केही ठाउँमा हुस्सु लागेको र बाँकी सबैजसो ठाउँको मौसम सफा रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा सामान्य बदली र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds