आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । हिजो २७ अङ्कले बढेको थियो ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर बढेका छन् ।
आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३४ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।