सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेयर बजारमा हरियाली: नेप्से परिसूचक २७ सय विन्दुमाथि

काठमाडौं स् साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४३।२२ अंकले बढेर २७४२।८८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १।५८ प्रतिशतले बढेर ४९३।९८ विन्दुमा अडिएको छ।

नेप्से उच्च अंकले बढेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३१ अंकले बढ्दा ३ अर्बमाथिको सेयर कारोबार भएको थियो।
यसदिन ३२० स्क्रिप्सको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर ५ अर्ब ६६ करोड,२ लाख ३७ हजार ७३७ रुपैयाँमा खरिदबिक्री भए।।

अघिल्लो दिन ३ अर्ब ६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से दोहोरो अंकले बढेपनि आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। विजय लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ९।३३ प्रतिशत र इस्टर्न हाइड्रोपावरको ९।२४ प्रतिशतले बढ्यो।

आज अपर स्यांगी हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले १५ करोड ९ लाख ५० हजार मूल्य बराबरको सेयर कारोबार गर्‍यो।

Mahakali Polytechnic

हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआईसी एसिया बैंकको १४ करोड मूल्य बराबरको कारोबार हुँदा गुडविल फाइनान्स र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको १३र१३ करोड मूल्यको कारोबार भयो।

World Link Ads

कारोबारमा आएका २०६ स्टक्सको मूल्य बढ्दा ३५वटाको घट्यो। बाँकी ३ स्टक्को मूल्य भने यसदिन स्थिर रह्यो। सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। आज ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ३।४४ प्रतिशतले बढ्यो। – अन्नपूर्णपोष्ट बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds