सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्क एजुकेसनल फाउण्डेसनको ‘सार्क २०-२० ब्लड कप अभियान’

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -०६ ऐठपुरमा रहेको सार्क एजुकेसनल फाउण्डेसनले ‘सार्क २०-२० ब्लड कप अभियान’ सञ्चालन गर्ने भएको छ। नेपाल र श्रीलंका बिच जुन १२ मा विश्वकपमा हुने खेललाई लक्षित गरेर अभियान सञ्चालन गरिने सार्क एजुकेसन फाउण्डेसनका प्लस टु संयोजक राजेश भण्डारीले जानकारी दिएका छन् ।

उक्त अभियानमार्फत नेपाल र श्रीलंका बिचको खेलमा नेपाली टिमका खेलाडीहरूले बनाएको प्रत्येक अर्धशतकमा ४ जनाले रक्तदान गर्ने, ८० रन बनाएको खण्डमा ८ जनाले रक्तदान गर्ने र तिन विकेट लिएको खण्डमा ५ जनाले रक्तदान गर्ने  संयोजक  भण्डारीले जानकारी दिएका छन्। साथै आगामि दिनका खेलहरूमा नयाँ अभियान सञ्चालन गरिने उनको भनाई रहेको छ। 

 

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.