कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -०६ ऐठपुरमा रहेको सार्क एजुकेसनल फाउण्डेसनले ‘सार्क २०-२० ब्लड कप अभियान’ सञ्चालन गर्ने भएको छ। नेपाल र श्रीलंका बिच जुन १२ मा विश्वकपमा हुने खेललाई लक्षित गरेर अभियान सञ्चालन गरिने सार्क एजुकेसन फाउण्डेसनका प्लस टु संयोजक राजेश भण्डारीले जानकारी दिएका छन् ।
उक्त अभियानमार्फत नेपाल र श्रीलंका बिचको खेलमा नेपाली टिमका खेलाडीहरूले बनाएको प्रत्येक अर्धशतकमा ४ जनाले रक्तदान गर्ने, ८० रन बनाएको खण्डमा ८ जनाले रक्तदान गर्ने र तिन विकेट लिएको खण्डमा ५ जनाले रक्तदान गर्ने संयोजक भण्डारीले जानकारी दिएका छन्। साथै आगामि दिनका खेलहरूमा नयाँ अभियान सञ्चालन गरिने उनको भनाई रहेको छ।