Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मझगाउँ विमानस्थल निर्माणमा अवरोध हटाउन मागसहित पुनः सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका नेताहरू काठमाण्डौमा 

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख १५, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरमा रहेको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका वर्तमान तथा निवर्तमान जनप्रतिनिधि मझगाउँ विमानस्थलको बिस्तार कार्यका लागि आवश्यक बजेट विनियोजन गर्न र बाधा अवरोध हटाउनुपर्ने मागसहित काठमाण्डौ पुगेका छन्।

निवर्तमान संघीय सांसद डा. दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान राज्य मन्त्री मान बहादुर सुनार, दोधाराचाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बू, वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, मझगाउँ विमानस्थल पुनः सञ्चालन समितका सचिव राजेन्द्र बहादुर चन्द, दोधाराचाँदनी वडा नम्बर -०२ र -०३ का वडा अध्यक्ष सहितको टोली मझगाउँ विमानस्थलको बिस्तार कार्यका लागि आवश्यक बजेट विनियोजन गर्न र बाधा अवरोध हटाउनुपर्ने मागसहित काठमाडौं पुगेको हो।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित निवर्तमान संघीय सांसद डा. दीपक प्रकाश भट्ट र सांसद एवम् पूर्व मन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रमा पर्ने महेन्द्रनगर विमानस्थल वि.सं. २०२३-२४ सालतिर स्थापना भई वि.सं २०५६ सम्म सञ्चालनमा रहेको थियो। वि.सं २०५६ सालमा सुरक्षाको  कारण देखाउदै विमानस्थलमा उडान बन्द भएको थियो।

विमानस्थल पुनः सञ्चालनका लागि कञ्चनपुर जिल्लामा राजनीतिक दल, सरोकारवाला सङ्घसंस्थाको प्रतिवद्धता अनुसार तिन तहका सरकार स्थानीय सरकार (भीमदत्त नगरपालिकाको १५% दोधाराचाँदनी नगरपालिकाको १०% गरि), सुदूरपश्चिम प्रदेश सरकारको २५% र संघिय सरकारको ५०% सह-लगानिमा बिस्तार भइरहेको मझगाउँ विमानस्थल तत्कालीन अवस्थामा विमानस्थल बिस्तारका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले एयरपोर्टको बिस्तारका लागि रहेको क्षेत्र आफ्नो हो भन्दै निर्माणकार्य अवरोध गरेकाले विमानस्थलको निर्माणकार्यमा देखिएको अवरोध हटाई निर्माणकार्य तत्कालै सुचारूको लागि पहल गरिनुपर्ने माग सहित कञ्चनपुरबाट निर्वाचित सांसद, वर्तमान, निवर्तमान जनप्रतिनिधि सहित सम्बन्धित मन्त्री र मन्त्रालयमा विमानस्थल पुनः सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका नेताहरूले छलफल गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताएका छन्।

समितिले यस अघि बैशाख ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माग पत्र बुझाएर निर्देशनका लागि आग्रह गरेको थियो। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा आएका प्रधानमन्त्री दाहालले पनि निर्माण कार्य सञ्चालनको आश्वासन दिएका छन् । त्यसैगरी पूर्व राज्य मन्त्री मान बहादुर सुनारले प्रधानमन्त्रीसँग भेटेर विमानस्थलको समस्या समाधानका लागि आग्रह गर्ने तयारीमा आफू रहेको बताएका छन्।

सत्तारुढ गठबन्धका एमाले र माओवादी केन्द्रका नेताले मझगाउँ विमानस्थल निर्माण कार्य सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङलाई दबाब दिएका छन् । काठमाडौंमा मन्त्रालयमा मन्त्रीसित भेटघाट गरी नेताहरूले सैनिक अवरोधले रोकिएको विमानस्थल निर्माण कार्य तत्काल सञ्चालनका लागि मागपत्र बुझाएका छन्। उनीहरुले विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्रीलाई आग्रह गरेका छन् ।

मन्त्री तामाङले विमानस्थल निर्माण कार्य पुनः सञ्चालनका लागि सहयोग गर्ने आश्वासन दिएको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताएका छन् । ‘राजनीतिक दल, जनप्रतिनिधि, पूर्व मन्त्री, साँसदज्यू सहितको टोलीले मन्त्रीज्यूलाई मागपत्र बुझायौ, त्यसमा मन्त्रीज्यूले सहयोगको आश्वासन दिनु भएको छ’ सचिव चन्दले भने ।

साथै सुख्खा बन्दरगाह, महाकाली फोर लेन पुल, दैजी-छेला औद्योगिक क्षेत्र र महाकाली करिडोर लगायतको निर्माणकार्यलाई  तिव्रता दिन सम्बन्धित मन्त्री तथा मन्त्रालयको समेत ध्यानाकर्षण गराइएको वेदकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख अशोक कुमार चन्दले जानकारी दिएका छन्। 

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व