सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मझगाउँ विमानस्थल निर्माणमा अवरोध हटाउन मागसहित पुनः सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका नेताहरू काठमाण्डौमा 

कञ्चनपुर – कञ्चनपुरमा रहेको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका वर्तमान तथा निवर्तमान जनप्रतिनिधि मझगाउँ विमानस्थलको बिस्तार कार्यका लागि आवश्यक बजेट विनियोजन गर्न र बाधा अवरोध हटाउनुपर्ने मागसहित काठमाण्डौ पुगेका छन्।

निवर्तमान संघीय सांसद डा. दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान राज्य मन्त्री मान बहादुर सुनार, दोधाराचाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बू, वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, मझगाउँ विमानस्थल पुनः सञ्चालन समितका सचिव राजेन्द्र बहादुर चन्द, दोधाराचाँदनी वडा नम्बर -०२ र -०३ का वडा अध्यक्ष सहितको टोली मझगाउँ विमानस्थलको बिस्तार कार्यका लागि आवश्यक बजेट विनियोजन गर्न र बाधा अवरोध हटाउनुपर्ने मागसहित काठमाडौं पुगेको हो।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित निवर्तमान संघीय सांसद डा. दीपक प्रकाश भट्ट र सांसद एवम् पूर्व मन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रमा पर्ने महेन्द्रनगर विमानस्थल वि.सं. २०२३-२४ सालतिर स्थापना भई वि.सं २०५६ सम्म सञ्चालनमा रहेको थियो। वि.सं २०५६ सालमा सुरक्षाको  कारण देखाउदै विमानस्थलमा उडान बन्द भएको थियो।

World Link Ads
Mahakali Polytechnic

विमानस्थल पुनः सञ्चालनका लागि कञ्चनपुर जिल्लामा राजनीतिक दल, सरोकारवाला सङ्घसंस्थाको प्रतिवद्धता अनुसार तिन तहका सरकार स्थानीय सरकार (भीमदत्त नगरपालिकाको १५% दोधाराचाँदनी नगरपालिकाको १०% गरि), सुदूरपश्चिम प्रदेश सरकारको २५% र संघिय सरकारको ५०% सह-लगानिमा बिस्तार भइरहेको मझगाउँ विमानस्थल तत्कालीन अवस्थामा विमानस्थल बिस्तारका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले एयरपोर्टको बिस्तारका लागि रहेको क्षेत्र आफ्नो हो भन्दै निर्माणकार्य अवरोध गरेकाले विमानस्थलको निर्माणकार्यमा देखिएको अवरोध हटाई निर्माणकार्य तत्कालै सुचारूको लागि पहल गरिनुपर्ने माग सहित कञ्चनपुरबाट निर्वाचित सांसद, वर्तमान, निवर्तमान जनप्रतिनिधि सहित सम्बन्धित मन्त्री र मन्त्रालयमा विमानस्थल पुनः सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका नेताहरूले छलफल गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताएका छन्।

Dirghayu Ads

समितिले यस अघि बैशाख ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माग पत्र बुझाएर निर्देशनका लागि आग्रह गरेको थियो। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा आएका प्रधानमन्त्री दाहालले पनि निर्माण कार्य सञ्चालनको आश्वासन दिएका छन् । त्यसैगरी पूर्व राज्य मन्त्री मान बहादुर सुनारले प्रधानमन्त्रीसँग भेटेर विमानस्थलको समस्या समाधानका लागि आग्रह गर्ने तयारीमा आफू रहेको बताएका छन्।

Sana Kishan

सत्तारुढ गठबन्धका एमाले र माओवादी केन्द्रका नेताले मझगाउँ विमानस्थल निर्माण कार्य सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङलाई दबाब दिएका छन् । काठमाडौंमा मन्त्रालयमा मन्त्रीसित भेटघाट गरी नेताहरूले सैनिक अवरोधले रोकिएको विमानस्थल निर्माण कार्य तत्काल सञ्चालनका लागि मागपत्र बुझाएका छन्। उनीहरुले विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्रीलाई आग्रह गरेका छन् ।

मन्त्री तामाङले विमानस्थल निर्माण कार्य पुनः सञ्चालनका लागि सहयोग गर्ने आश्वासन दिएको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताएका छन् । ‘राजनीतिक दल, जनप्रतिनिधि, पूर्व मन्त्री, साँसदज्यू सहितको टोलीले मन्त्रीज्यूलाई मागपत्र बुझायौ, त्यसमा मन्त्रीज्यूले सहयोगको आश्वासन दिनु भएको छ’ सचिव चन्दले भने ।

साथै सुख्खा बन्दरगाह, महाकाली फोर लेन पुल, दैजी-छेला औद्योगिक क्षेत्र र महाकाली करिडोर लगायतको निर्माणकार्यलाई  तिव्रता दिन सम्बन्धित मन्त्री तथा मन्त्रालयको समेत ध्यानाकर्षण गराइएको वेदकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख अशोक कुमार चन्दले जानकारी दिएका छन्। 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.