Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सामुदायिक वनका उपभोक्तालाई वन डढेलो नियन्त्रण तालिम 

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख १३, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सुक्खायामको मौसममा वनजङ्गल तथा चुरे वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्तालाई तालिम दिइएको छ । सामुदायिक वन समन्वय समितिले कञ्चनपुरका सामुदायिक वनका उपभोक्ताहरूलाई वन डढेलो नियन्त्रण तथा व्यवस्थापन तालिम दिन लागेको हो । 

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले चुरेदेखि तराई क्षेत्रमा रहेका सामुदायिक वनका उपभोक्ताहरूलाई वनमा लाग्नसक्ने डढेलो नियन्त्रणका लागि डढेलो व्यवस्थापन तालिम दिन लागेको बताए । अध्यक्ष जोशीका अनुसार सैद्धान्तिक ज्ञान सहित अभ्यासका विधिबाट सामुदायिक वनका उपभोक्ताहरूलाई तालिम दिइएको बताए । ‘तराईका वनमा आगो लाग्दा निभाउन सहज हुन्छ, ‘उनले भने, ‘चुरेमा लाग्ने आगो भौगोलिक कठिनाइका कारण समस्या हुने भएकाले जिल्लाको चुरे क्षेत्रका आधिकांश सामुदायिक वनका उपभोक्ताहरूलाई डढेलो व्यवस्थापन तालिम दिइरहेका छौँ ।’ 

फागुनदेखि जेठसम्म वनमा लाग्नसक्ने डढेलोबाट जैविक विविधताका साथै मानवबस्ती जोखिममा पर्ने भएकाले जोखिम घटाउन उपभोक्ताहरूलाई तालिम दिन लागेको बताए । सामुदायिक वन समन्वय समितिका टिम लिडर शिवदत्त पन्तले चुरेसँग प्रत्यक्ष जोडिएका भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी, लालझाडी, पुनर्वासका सामुदायिक वनका उपभोक्ताहरूलाई वन डढेलो व्यवस्थापन तथा आगलागी नियन्त्रण तालिम दिइएको बताए । उनका अनुसार हालसम्म ६० सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरूलाई तालिम दिइएको छ । 

यूएसएआईडी जलजङ्गल परियोजनाको सहयोग मार्फत चुरे, लालझाडी मोहना संरक्षित, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएका बन्यजन्तुका कोरिडोर क्षेत्रका वनका उपभोक्ताहरूलाई तालिम दिइएको बताए । ‘वनमा लाग्ने डढेलोले एकातिर वन, पर्यावरण बन्यजन्तुमा असर पर्ने अर्कातिर जैविक विविधता र मानव बस्तीमा समेत आगलागीको जोखिम पर्ने भएकाले हामीले जोखिम न्यूनिकरणका लागि तालिम सञ्चालन गछौँ, ‘उनले भने, ‘तालिमबाट सिकेका विषयवस्तु उपभोक्ताहरूले व्यवहारिक कार्यान्वयन गर्दछ, जसरी गाउँमा कुनै स्थानमा आगो लागे सबै गाउँले मिलेर निभाउँछन्, त्यसरी अब जहाँ वनमा आगो लाग्यो, त्यही भएर उपभोक्ताहरूले निभाए जोखिम घट्छ ।’ 

चुरे संरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले अन्य क्षेत्र भन्दा चुरे क्षेत्रमा आगलागी बढि जोखिम भएको बताए । ‘तराईका वनमा लागेको आगो निभाउन सहज हुन्छ, ‘उनले भने, ‘चुरेको आगो जोखिम हुन्छ, उपभोक्ताले तालिम पाएपछि निभाउन सहज हुन्छ ।’ कञ्चनपुरको उत्तरी चुरेको डढेलोको जोखिममा भएकाले सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने बताए । सिद्धनाथ सामुदायिक वन ब्रम्हदेबका उपभोक्ताहरूले पहिलो पटक डढेलो व्यवस्थापन तालिम पाएको भन्दै वनमा लाग्ने आगो नियन्त्रणमा मदत पुग्ने बताएका छन । 

सिद्धनाथ सामुदायिक वन ब्रम्हदेबका उपभोक्ता रमा पालले वनमा लाग्ने आगो नियन्त्रणका लागि तालिम पाएपछि आगो निभाउन सहज हुने बताइन् । ‘हामीले यस अघि तालिम पाएका थिएनौँ, ‘उनले भनिन, ‘अहिले पाएका छौँ, अब आगो निभाउन सहज हुनेछ ।’ सिद्धनाथ सामुदायिक वन उपाध्यक्ष लोक बहादुर ऐरले वनमा लाग्ने आगो व्यवस्थापन बारे तालिम पाएसँगै आगलागी भए सबै उपभोक्ताहरूले सामूहिक रुपमा निभाउन खटिने बताए । उनले आगो निभाउने ज्ञान हासिल गरेपछि आफ्नो सहित चुरे वनमा लाग्ने आगो नियन्त्रण गर्न सक्ने बताइन् । ‘विगतका वर्षहरूमा वन र चुरेमा लाग्ने आगो हामीले नियन्त्रण गर्ने आइडिया नै थिएन, ‘उनले भने, ‘अब हामीले पाएको ज्ञानको सदुपयोग गर्दै अघि बढ्छौँ ।’ 

सव डिभिजन वन कार्यालय ब्रम्हदेबका प्रमुख एवम् वन अधिकृत अम्मर सिह धामी र सामुदायिक वन समन्वय समितिका कार्यक्रम संयोजक उपदेश भट्टले आगलागी नियन्त्रण बारे वनका उपभोक्ताहरूलाई प्रशिक्षण दिएका छन । बनमा लाग्ने आगोबाट भावी दिनमा निम्तिने जोखिम न्यूनिकरणका लागि उपभोक्ताहरूलाई तालिम दिएसँगै पर्यावरण संरक्षणमा टेवा पुग्नेछ ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व