सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खाद्य व्यवस्थाको जमिनमा बस्दै आएका व्यवसायीले भने, ‘घर खाली गर्न हामीलाई जेठ १५ सम्मको समय दिनुहोस्’

कञ्चनपुर – कञ्चनपुर महेन्द्रनगर स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिन भाडामा लिएर व्यवसाय गर्दै आएकाहरूले घर खाली गर्नका लागि समयको माग अघि सारेका छन । झण्डै एक दशकदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्क क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जमिन भाडामा लिएर विभिन्न व्यवसाय गर्दै आएका व्यवसायीहरूले घर खाली गर्नका लागि समयको माग अघि सारेका हुन् । 


बुधबार भीमदत्त नगरका जनप्रतिनिधीलाई भेट्दै उनीहरूले जेठ १५ गतेसम्म घर खाली गर्न समय दिनुपर्ने माग अघि सारेका छन । उनीहरूले आफूहरू अतिक्रमणकारी पनि नभएको स्पष्ट पार्दै विगतमा सरकारी निकायले दिएको ठेक्का अनुरूप ठेकेदारबाट जमिन लिजमा लिएर व्यवसाय गर्दै आएको बताएका छन् । 


चालु आर्थिक वर्षमा भाडा सङ्कनकर्ता भूमिराज ढुवानी सेवा र खाद्य कार्यालयबीचको आपसी विवादले आफूहरू शिकार बनेको दुखेसो पोखेका छन् । उनीहरूले विगतदेखि आफूहरूले नियमित भाडा लिएर अहिलेपनि माघसम्मको भाडा दिएको ठेकेदार आफै भाडा उठाउन नआएपछि आफुहरुको लाखौँको लगानी खेर गएको बताएका छन् । 


उक्त स्थानका व्यवसायी भीम ठगुराठीले आफूहरूलाई सरकारले त्रसित बनाएको दुखेसो पोखे । उनले लाखौँ लगानी गरेर व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई एक्कासि खाद्यले प्रशासनसँग अनुरोध गरेर हटाउन खोजेको बताए । उनले आफूहरू अतिक्रमणकारी नभए व्यवसाय गर्दै आएका व्यापारी भएको र साना व्यवसायीलाई गरिखान नदिने गिरोहको षड्यन्त्रको जालोमा आफूहरू परेको बताए ।

Mahakali Polytechnic


‘हामीले नियमित भाडा तिरेकै थियौँ, तिर्दा तिर्दै पनि आफूहरूमाथि यत्रो अन्याय भयो, ‘उनले भने, ‘अहिले दैनिक बजारमा आएर माइकिङ्ग गरेर व्यवसायी मात्रै नभई कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई समेत डिस्टर्ब गरेका छन ।’ उनले भीनपा ४ का वडाध्यक्ष सुशील कुमार भट्ट, भीमदत्त नगरकी उपमेयर निलक लेखकसँग भेटघाट गरेर घर खाली गर्नका लागि आउँदो १५ जेठसम्म समय दिनुपर्ने माग अघि सारेको बताए । ‘हामीले व्यवसायी खाली गर्न कक्षा १२का विद्यार्थीको परीक्षा मध्य नजर गरेर समय मागेका छौँ, ‘उनले भने, ‘यति पनि मानवीय रुपमा सहयोग नगरेर हामीले केही भन्नु छैन ।’ 

World Link Ads


उक्त स्थानमा परिवारसँगै बस्दै आएकी जनकला ढकालले छोरीको परीक्षाकै बेला दैनिक घर खाली गर्नका लागि माइकिङ्गबाट एकातिर छोरीको परीक्षा बिग्रीरहेको र अर्कातिर व्यवसाय चौपट भइरहेको बताए । उनले ठाँउ छाड्न खाली गराउन समय दिनुपर्ने बताइन् । अर्का स्थानीय राजेन्द्र धामीले १० औँ वर्षदेखि नियमित व्यवसाय गरेर भाडा र कर तिरेर कारोबार गर्दै आएका व्यवसायीलाई अतिक्रमणकारीको संज्ञा दिनु दुखद विषय भएकाले आफूहरू अतिक्रमणकारी नभएको दावि गरेका छन । उनले ठेकेदार र सरकारी निकायबीचको सम्बन्ध बिग्रीएको आफूहरू जस्ता गरिखाने साना व्यवसाय मारमा परेको बताए । अन्यत्र व्यवस्थापनका लागि आफूहरूलाई समय दिनुपर्ने उनको भनाई छ । 

Sana Kishan

उनले विद्युतबाट समेत यो प्रचण्ड गर्मीका बेला विद्युत काट्ने काम भएकाले त्यस्तो नगर्न र सो निरन्तर गरिराख्ने आन्दोलनको चेतावनी दिए । भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष सुशील कुमार भट्ट र उपप्रमुख निलम लेखकले घर खाली गर्न समय माग गरेको र कक्षा १२ का विद्यार्थीको परीक्षाको विषयलाई मध्य नजर गर्दै आफूले प्रशासनलाई अनुरोध गर्ने बताइन् । यसरी आफै घर खाली गर्छु भन्दै समय माग गर्ने उनीहरूलाई समय दिएर ढिलै भएपनि डोजर बिनै सौहार्द्रपूर्ण वातावरणमा खाली गर्ने वातावरण मिलाउनुपर्नेदेखि भावी दिनमा उक्त स्थानमा सटर बने पहिलो प्राथमिकतामा अहिले व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई दिनुपर्नेमा राजनीतिक दल, नागरिक समाजको जोडरहेको छ । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.