सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङ : गर्भवती भेला तथा सम्मान कार्यक्रम निरन्तर, संस्थागत सुत्केरी संख्या बढ्दै

बझाङ – बझाङको तलकोट गाउँपालिकास्थित सुनिकोट स्वास्थ्य चौकीले दुर्गम गाउँबस्तिमा सुरक्षित मातृत्व कार्यक्रम अगाडि बबढाउन प्रत्येक तीन तीन महिनाको फरकमा चेतनामुलक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

स्वास्थ्य चौकीले संस्थागत सुत्केरी बढाउन गर्भवती भेला तथा सम्मान, नियमित गर्भपरिक्षणसहित सरसफाई र परिवार नियोजनासम्बन्धि चेतनामुलक कार्यक्रम गर्दै आएको हो। उक्त कार्यक्रमका कारण स्वास्थ्य चौकीमा सुत्केरी गराउनेको संख्या बढ्दै गएको हो।

गर्भवती भेला कार्यक्रमा गर्भवतीलई आयोडिन नुन, साबुन, नेलकटर, ब्रस तथा मन्जन लगायतका सामग्री समेत वितरण गर्दै आएको स्वास्थ्य चौकीका अहेब नरेन्द्र बहादुर थापाले जानकारी दिए।

उनका अनुािर तलकोट गाउँपालिका वडा १ मा बर्थिक सेन्टरको भवन निर्माणको काम समेत अगाडि बढीरहेको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.