सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योति एजुकेसनल फेस्ट २०८० को तयारी पूरा

कञ्चनपुर –  कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा माघ २५ गते बिहीबार हुने ‘जनज्योति एजुकेसनल फेस्ट २०८०’ को तयारी पूरा भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई बाहिर ल्याउने तथा विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ‘जनज्योति एजुकेसनल फेस्ट २०८०’ को आयोजना हुन लागेको विद्यालयले जनाएको छ।

फेस्टमा विद्यार्थीहरूले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने नृत्य र संगीत लगायतको प्रदर्शनी हुनेछ। साथै साहित्य, संस्कृति, खेलकुद, विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले निर्माण गरेका बिभिन्न आविष्कारहरूको प्रदर्शनी हुनेछ। फेस्टमा स्थानीय स्तरका खानेकुराका परिकारको फुड स्टल समेत राखिने विद्यालयले जनाएको छ।

Mahakali Polytechnic

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने तथा विद्यालयमा सिकेको ज्ञान र सीपलाई व्यवहारमा ल्याउने उद्देश्यका साथ एजुकेसनल फेस्ट आयोजना गर्न लागिएको बताए। उनले भने ‘विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने तथा विद्यालयमा सिकेको ज्ञान र सीपलाई व्यवहारमा ल्याउने उद्देश्यका साथ एजुकेसनल फेस्ट आयोजना गर्न लागेका छौँ। फेस्टमा विभिन्न किसिमका विद्यार्थीले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरमा बनेका खानेकुराका परिकार, मौलिक एवम् सांस्कृतिक नृत्य अवलोकन गर्न सकिनेछ।’

World Link Ads

Sana Kishan

साथै प्रधानाध्यापक जोशीले फेस्ट सकिएलगत्तै माघ २७ गते विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न हुने बताए। वार्षिकोत्सवमा पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम तथा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने बताए। उनले भने ‘फेस्ट सकिएलगत्तै माघ २७ गते विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेका छौँ। वार्षिकोत्सवमा पनि विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम रहनेछन्।’

उनले फेस्ट र वार्षिकोत्सव कार्यक्रममा आएर सम्पूर्ण अभिभावकहरूलाई उपस्थित भएर आफ्ना नानीबाबुले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरमा बनेका खानेकुराका परिकार, मौलिक एवम् सांस्कृतिक नृत्य अवलोकन गर्न आग्रह गरेका छन्। जनज्योति स्कुल २०७२ सालबाट सञ्चालन भएतापनि छोटो समयमै अभिभावकको मन जित्न सफल भइ स्कुलमा हाल १०८२ विद्यार्थी अध्ययनरत रहेका छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.