कञ्चनपुर । माघ सुदूरपश्चिम प्रदेश दार्चुलाको एक स्थानीय सरकार प्रमुखले भलिबलकी राष्ट्रिय खेलाडीलाई आर्थिक सहयोग गरेका छन । दार्चुलाको दुहुँ गाउपालिका प्रमुख नरेन्द्र बहादुर सिह बडालले भलिबलकी राष्ट्रिय खेलाडी निरूता ठगुन्नालाई नगद आर्थिक सहयोग गरेका हुन ।
आइतबारदेखि कञ्चनपुर महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन भइरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि भएर दुहुँ गाउपालिका प्रमुख बडालले भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई नगद आर्थिक सहयोग गरेको नेपाल भलिबल संघले जनाएको छ । नेपाल भलिबल संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले मंगलबार प्रतियोगिताको अवलोकनका साथै दुहुँ गाउपालिका प्रमुख बडालले भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई नगद ५ हजार १० रुपैयाँ आर्थिक सहयोग गरेको बताए ।
भलिबल संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष धामीले पल्सर पिपुल्स च्वाइस अवार्डमा छनौट भएकी सुदूरपश्चिम दार्चुलाकी चेली निरूतालाई जिताउनका लागि उक्त सहयोग गरेको बताए । मंगलबार दुहुँ गाउपालिका प्रमुख बडालले उक्त रकम भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीलाई हस्तान्तरण गरेका छन । दार्चुलाका एमाले नेता समेत रहेका दुहुँ गाउपालिका प्रमुख बडालले आफ्नै चेलीबेटी निरूतालाई अवार्ड जिताउनका लागि सानो सहयोग गरेको बताए ।
दुहुँ गाउपालिका प्रमुख बडालले निरूताका लागि दिएको रकम ग्रहण गर्दै भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले गाउँप्रमुख बडालप्रति आभार प्रकट गरेका छन । सोही दिन दुहुँ गाउपालिका प्रमुख बडालले सुदूरपश्चिम र गण्डकी प्रदेशविच भएको प्रतियोगिताका लागि रेफ्री दौलत सिह पुजारालाई बल समेत हस्तान्तरण गरेका थिए ।









Discussion about this post