कञ्चनपुर । भीमदत्त नगरपालिकामा सञ्चालित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। बुधबार भीमदत्तका नगर उपप्रमुख निलम लेखको प्रमुख आतिथ्यमा तथा भीमदत्तका नगर खेलकुद विकास समिति अध्यक्ष सरद चन्दको सभापतित्वमा प्रतियोगिताको समापन गरिएको हो। आइतबारदेख सुरु भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरी भीमदत्तका ४८ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताबाट श्री सिद्धनाथ अमर मावि गड्डाचौकी प्रथम भएको छ। श्री सिद्धनाथ अमर मावि गड्डाचौकीले १५ स्वर्ण, ५ रजत १३ कांस्य पदक हात पार्दै प्रतियोगिताबाट प्रथम हुन् सफल भएको हो। प्रतियोगितामा पूर्णा मावि ऐरीले ६ स्वर्ण, ९ रजत, १३ कांस्य गरी १८ पदक प्राप्त गर्दै द्वितीय स्थान हात पारेको छ भने बैजनाथ मावि महेन्द्रनगरले ६ स्वर्ण १ रजत, १ कांस्य गरी ८ पदक प्राप्त गर्दै तृतीय हुन् सफल भएको छ।

कार्यक्रममा उपप्रमुख लेखकले प्रतियोगिता सभ्य र भव्य रूपले सम्पन्न भएको बताइन्। साथै नगर उपप्रमुख लेखकले रनिङ शिल्ड प्रतियोगिता बाट छनौट भएका खेलाडीहरूले जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा पनि राम्रो खेल खेल्ने विश्वास व्यक्त गर्दै भीमदत्त नगरपालिकामा खेलकुदका अवसरहरू सिर्जना गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत गरिन्।

कार्यक्रमका सभाध्यक्ष एवम् सरद चन्दले गर खेलकुद विकास समितिका अध्यक्ष चन्दले प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न भएको बताए। साथै चन्दले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै विद्यार्थीहरूले अनुशासनमा रहेर खेलकुदमा भाग लिएको बताए। उनले भने प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरू पनि अनुशासनमा रहेर प्रतियोगितामा सहभागी भए र आगामी दिनमा पनि यसरी नै आफ्नो सहभागिता जनाइदिन आग्रह गर्न चाहन्छु।’

समापन कार्यक्रममा भीमदत्तका विभिन्न वडाका अध्यक्ष, बि.बि.स अध्यक्ष, कार्यपालिका सदस्य, विद्यार्थी र अभिभावक लगायतको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिताको सम्पूर्ण नतिजा ।।

प्रतियोगिताको सम्पूर्ण नतिजा ।।










Discussion about this post