कञ्चनपुर । भीमदत्त नगरपालिकामा १४ औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ। आइतबार प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्टले खेलकुदमा अनुशासन अपरिहार्य रहेको बताए ।

कार्यक्रमका सभापति एवम् भीमदत्तका नगर प्रमुख पदम बोगटीले भीमदत्त बाट अन्तर्राष्ट्रिय स्तरसम्म पुगेका खेलाडीहरूको उदाहरण दिँदै प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई लगनशील रहेर खेल खेल्न प्रोत्साहन गरे। कार्यक्रममा बोल्दै उपप्रमुख निलम लेखकले भीमदत्त नगरपालिकामा खेलकुदका अवसरहरू सिर्जना गर्न सँधै तत्पर रहने प्रतिवद्धता गरिन्।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य मधु भारती र प्रदेश सभा सदस्य प्रकाश रावलको समेत उपस्थिति रहेको थियो।

महेन्द्रनगर स्थित कबर्डहलमा सञ्चालन हुने प्रतियोगितामा भीमदत्तका सामुदायिक र संस्थागत गरी ४८ वटा विद्यालयको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले मार्चपास सहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।












Discussion about this post