सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राप्रपाको महेन्द्र राजाको सालिक पुर्नस्थापना बिरुद्ध कञ्चनपुरका आठ दल एकठाँउमा

कञ्चनपुर । कञ्चनपुरका आठ राजनीतिक दलहरुले संविधान चोकमा महेन्द्र राजाको सालिक स्थापना गर्ने कार्य संविधान बिरुद्धको काम भएको ठहर गरेका छन । जिल्लाका आठ राजनीतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भीमदत्त नगरपालिका ४महेन्द्रनगर संविधान चोकमा महेन्द्र राजाको सालिक स्थापना गर्ने कार्य संविधान बिरुद्धको काम भएको ठहर गरेका हुन ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पाटी, राष्ट्रिय जनमोचो पाटी, नेपाल कम्युनिष्ट पाटी र क्रान्तिकारी कम्युनिष्ट पाटीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै २८ मंसिरमा राप्रपा कञ्चनपुरले आयोजन ागर्ने भपिनएको संविधान चोकमा महेन्द्रको सालिक स्थापना कार्य संविधानको बर्खिलाप र व्यवस्था बिरुद्धमा रहेको हुँदा घोर निन्दा प्रकट गर्दै त्यस्ता क्रियाकलाप रोक्नका लागि स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गरेका छन ।

नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा आन्दोलनरथ सबै दलको सर्वदलित सर्वपक्षिय बैठकबाट भीमदत्त नगरपालिका ४स्थित रहेको स्मारकलाई संविधान चोक नामाकरण गरी उक्त स्मारकमाथि गणतान्त्रिक स्तम्भ निर्माण गर्ने निर्णय अनुरुप नेपालको संविधान ०७२अनुसार सो कार्यक्षेत्राधिकार स्थानीय सरकारको रहेकाले विगतमा भएका निर्णय कार्यान्वयनका लागि भीमदत्त नगरपालिकासंग अनुरोध गरिएको छ ।

संविधान एव व्यवस्था बिरुद्धमा नकारात्मक क्रियाकलापका साथै अराजकशैली अपनाई आम जनसमुदायलाई दिग्भ्रमित नहुन समेत आब्हान गरिएको छ । आठै दलले ८ मंसिरमा राप्रपाले आयोजना गरेको शक्ति प्रर्दशनका क्रमममा भीम बाटिका भित्र रहेको महान सहिद भीमदत्त पन्तको सालिक तोडफोडको समेत भत्र्सना जाहेर गरेका छन । नेपाली काँग्रेस कञ्चनपुर पाटी सभापति पदम बोगटी, नेकपा एमाले कावा अध्यक्ष लक्ष्मी बुढा, नेकपा माओवादी संयोजक खेमराज पाण्डेय, नेकपा एकीकृत समाजवादी जिल्ला सचिव हरक सिह धामी, लोकतान्त्रिक समाजवादी पाटी केन्द्रीय सदस्य अम्बादत्त तिवारी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य शुलिमान घर्ती, नेकपा विप्लव जिल्ला इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट) र क्रान्तिकारी कम्युनिष्ट पाटी जिल्ला संयोजक विष्णूराम दमाईद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संविधानको मर्म भावना माथि दुष्प्रयास गर्ने सबैखाले बिखण्डकारी तत्वहरुप्रति सजक हुँदै न्यायमुलक समाज निर्माणका लागि सबै पक्षरत एक ठाँउमा आउनु आजको आश्वयकता रहेको आब्हान गरिएको छ ।

Mahakali Polytechnic

बुधबार संविधान चोकको स्मारकमा भीमदत्त नगरपालिकाले नेपालको राष्ट्रिय झण्डा समेत राखेको छ । झण्डा च्यातिएकाले झण्डा राखिएको भीमदत्त नगरपालिकाले जनाएको छ । राप्रपा कञ्चनपुरले मंसिर २८ गते महेन्द्र राजाको सालिक पुर्नस्थापना भन्दै हस्ताक्षर अभियान संचालन गरिरहेको अवस्थामा आठ दल विपक्षमा देखिएकाले उक्त कार्यक्रम विवादास्पद बनिरहेको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.