Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सिगास माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १५, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको श्री शिगास माध्यमिक विद्यालयले ५८ औं वार्षिकोत्सव एवम् अभिभावक समारोह सम्पन्न गरेको छ। विद्यालयले शुक्रबार विभिन्न सांस्कृतिक कार्यक्रम सहित ५८ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको विद्यालयका शिक्षक दिलिप सिंह कठायतले जानकारी दिएका छन्। वार्षिकोत्सवको पुनीत अवसरमा मंसिर १३ गतेका दिन सातवटा विद्यालयहरूको सहभागितामा अन्तर विद्यालय आधारभुत तह (६–८) स्तरीय हाजिरजवाफ कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

No description available.

विद्यालयका संस्थापक शिक्षक भाष्कर सिंह केसीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामी प्रमुख अतिथि रहेका थिए भने  भने पाटन नगरपालिका वडा नं. ३, ८, ९ र १० का वडा अध्यक्षहरू विशिष्ट अतिथि रहन भएको विद्यालयले जनाएको छ । स्थानीय जनप्रतिनिधि, पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधि, पूर्व नगर उपप्रमुख, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, सामुदायिक वनका प्रतिनिधि, पूर्व विद्यार्थी, अभिभावक, शिक्षक विद्यार्थीहरूको सहभागिता सहित ठूलो जनसहभागिता रहेको थियो ।

No description available.

अन्तर विद्यालय आधारभुत तह स्तरीय हाजिरजवाफ कार्यक्रममा प्रथम स्थान शिगास माध्यमिक विद्यालय गौरिशङ्कर पोखरी पाटन ३, द्वितीय स्थान आधारभुत विद्यालय पन्त्यौडा पाटन ६, तृतिय सिद्धेश्वर माध्यमिक विद्यालय पाटन ९, हुक्केडाँडा र सान्त्वना जनता माध्यमिक विद्यालय पाटन ८, आरुबाट विद्यालयका सहभागि भाइबहिनीहरूको समूहले स्थान प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ । यसै अवसरमा विद्यालयका निवर्तमान वि.व्य.स. अध्यक्ष डम्बरदत्त पन्त, पूर्व वि.व्य.स. अध्यक्ष दान बहादुर विष्ट, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष नवराज भट्ट र संस्थापक शिक्षक एवं पूर्व वि.व्य.स. अध्यक्ष भाष्कर सिंह के.सी लाई दोसल्ला माला टीका र सम्मान पत्रबाट सम्मानित गरिएको छ ।

No description available.

वार्षिकोत्सवमा सदनात्मक एवं एकल रुपमा विद्यार्थीहरूका विभिन्न प्रतिभाहरू प्रस्तुत गरिएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक मान बहादुर चन्दले विगत एक वर्षको वार्षिक प्रगति प्रतिवेदन सभामा पेश गरेका थिए । कक्षा १२ सम्म पढाई भइरहेको यस विद्यालयमा हाल पाँच सय भन्दा बढी विद्यार्थीहरू अध्ययन रहेका छन् । भौगोलिक रुपमा जिल्लाकै उत्कृष्ट केन्द्र बिन्दुको रुपमा रहेको यस विद्यालयमा पाटन नगरपालिका वडा नं. २, ३, ६, ८, ९ र सुर्नया गाउँपालिकाको वडा नं. ५ का बालबालिकाहरू यस विद्यालयमा प्रत्यक्ष अध्ययनको लागि आँउछन् भने उच्च शिक्षा अध्ययनका लागि अन्य क्षेत्रबाट आउने गरेको शिक्षक कठायतले बताउन भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले विद्यालयको अनुशासन राम्रो रहेको र विद्यालयको सर्वाङ्गीण विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका छन् ।

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व