Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मंसिर, काठमाडौं । सर्वसाधारणका लागि आज शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर ९आईपीओ०मा आवेदन खुलेको छ ।

बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला भएको जनाएको हो ।

कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।

 

अंकित मूल्य १०० का दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक कम्पनीले जनाएको छ ।

कस्तो छ कम्पनी ?

हाल नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीहरुको तुलनामा यो फरक प्रकृतिको कम्पनी हो । कृषि उत्पादनलाई सहयोग गर्नेगरी कम्पनी सञ्चालनमा आएको हो ।

कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।

कृषि सम्बन्धी उपकरण, पशुपन्छीको दाना तथा औषधिहरु आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि एजेन्टको रुपमा काम गर्ने, कृषि सम्बन्धी मल, बिउ, विषादी तथा उपकरणको अनलाइन कारोबार गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा छ ।

माटो परीक्षण, कृषि सम्बन्धी व्यापार केन्द्र सञ्चालन, कृषि सम्बन्धी मेला तथा महोत्सव आयोजना गर्ने लगायतका कार्य गर्ने कम्पनीले जनाएको छ । वन पैदावररजडिबुटीसम्बन्धी उद्योग सञ्चालन तथा स्थापना गर्ने गराउने लगायतका कार्य गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरमा जोखिम रहेको संकेत गर्दछ ।

आर्थिक वर्ष २०७६र७७ र आब २०७७र७८ मा नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७८र७९ मा भने १० करोड नोक्सानीमा गएको थियो । अपरिस्कृत विवरणअनुसार गत आर्थिक वर्ष २०७९र८० मा कम्पनीले १ करोड ७२ लाख नाफा कमाएको छ ।

गत आर्थिक वर्ष २०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा रहेको छ । कम्पनीको जगेडा कोष करिब ५ करोड ऋणात्मक छ । कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको बसुन्धारामा रहेको छ ।

मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको यो कम्पनीको सञ्चालक समिति अध्यक्षमा मुक्तिनाथ विकास बैंककै अध्यक्ष भरतराज ढकाल छन् । त्यस्तै अन्य सञ्चालकहरुमा सिताराम काफ्ले, तुलसीराम ढकाल, शिखा मास्के, मोहनकुमार बस्नेत, गोविन्दबहादुर राउत छन् । अनलाइन खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व