मध्यरात सधै आउथ्यो कहिल्यै रिसाउने थिएन।
यसरी पुरै परिवारलाई माटोमा मिसाउने थिएन।
आज पनि बिहानीलाई पर्खेर सुतेका थे,
कालो भागले कसैको बोलि विलाउने थिएन।
“तिहारमा लुगा दिन्छु ” भनि आमा उठाउन्थिन रे,
भन्छन्,”आमा उठेबरु लुगा सिलाउने थिएन”।
हरेक ठाउँमा रुवाबासी चल्यो भयानक कम्पले,
चारैतिर मसान बन्यो कोही रिझाउने थिएन।
नउदाई सपना सबका एकै रातमा अस्ताए,
बिउझिन्न यो थाहा भए कोही निदाउने थिएन।
– बबिता कार्की









Discussion about this post