Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यालय शिक्षा ऐन ०८० को मस्यौदा बिरुद्धमा कञ्चनपुरका निजी विद्यालयका संचालक आन्दोलित (भिडियो सहित)

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – विद्यालय शिक्षा ऐन ०८० को मस्यौदा बिरुद्धमा कञ्चनपुरका संस्थागत विद्यालयका तीन संगठन प्याब्सन, एन प्याब्सन र हिसान प्रस्तावित संघीय शिक्षा ऐनको विधेयक मस्यौदा विरुद्ध आन्दोलनमा उत्रिएका छन् । तीनैं संगठनले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी विधेयकमा निजी शिक्षा सम्बन्धि प्रस्तावित व्ववस्था हटाउन दबाव दिएका छन् ।

संस्थागत विद्यालयका तीनै संगठन एनप्याब्सन, प्याब्सन र हिसानले कञ्चनपुरमा संयुक्त विभिन्न शिक्षासंग सम्बन्धीत सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएको छ। ।

एन प्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्टले  बुधबार कञ्चनपुरका ११ सरकारी निकायलाई ज्ञापन पत्र बुझाएको बताएका छन् ।

सचिव भट्टका अनुसार जिल्ला प्रशासन, कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई सहितका जिल्लाका ९ वटै स्थानीय तहलाई ज्ञापन पत्र बुझाईएको हो। प्रस्तावित शिक्षा ऐनमा भएका विभिन्न दफाहरुमा असहमती जनाउँदै एनप्याब्सन, प्याब्सन र हिसानले कञ्चनपुरले संशोधन सहितको माग अघि सारेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले निजी क्षेत्रलाई वेवास्ता गरेर ल्याएको ऐन मान्य नभएको बताएका छन् । उनले भने, ‘चार दशकदेखि हामीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरै भएन ।’

प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले सरोकारवाला पक्षलाई जानकारी नदिई ल्याएको विधेयक पुर्ण बिरोधाभास भएको बताए । ‘हामीले लगानी गरेको सम्पत्तीको के हुन्छ, ‘उनले भने, ‘यो विधेयक पास हुँद दिदैनौँ, बरु आत्मदाह गछौँ ।’

हिसान कञ्चनपुरका अध्यक्ष एव एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष श्यामसिह मौनीले ऐन पूर्वाग्रही, संविधान विपरित भएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

मन्त्रीपरिष्दबाट पारित भई प्रतिनिधी सभामा प्रस्तुत हुने विद्यालय शिक्षा ऐनको दफा ४ मा निजी विद्यालयको स्थापना र संचालन उपदफा (३) को यो ऐन पारम्भ हुँदाको बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सचालनमा रहेका संस्थागत विद्यालय ऐन कार्यान्वयन भएको पाँच बर्षसम्म शैक्षिक गुठीमा रुपान्तरण हुनुपर्ने बुदाप्रति गम्भिर आपत्ती जनाएका छन ।

मुख्य गरेर सोही बुँदा ससदबाट पारित भए एनप्याब्सन, प्याब्सन र हिसान कञ्चनपुरका पदाधिकारी एव निजी विद्यालयका संचालकहरुले आत्मदाहदेखि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका छन ।

भिडियो हेर्न लिंकमा जानुहोस् 
https://fb.watch/mjwzu-FiGY/

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व