सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विद्यालय शिक्षा ऐन ०८० को मस्यौदा बिरुद्धमा कञ्चनपुरका निजी विद्यालयका संचालक आन्दोलित (भिडियो सहित)

कञ्चनपुरका ११ सरकारी निकायलाई बुझाइयो ज्ञापन पत्र

कञ्चनपुर - विद्यालय शिक्षा ऐन ०८० को मस्यौदा बिरुद्धमा कञ्चनपुरका संस्थागत विद्यालयका तीन संगठन प्याब्सन, एन प्याब्सन र हिसान प्रस्तावित संघीय शिक्षा ऐनको विधेयक मस्यौदा विरुद्ध आन्दोलनमा उत्रिएका छन् । तीनैं संगठनले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी विधेयकमा निजी शिक्षा सम्बन्धि प्रस्तावित व्ववस्था हटाउन दबाव दिएका छन् ।

संस्थागत विद्यालयका तीनै संगठन एनप्याब्सन, प्याब्सन र हिसानले कञ्चनपुरमा संयुक्त विभिन्न शिक्षासंग सम्बन्धीत सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएको छ। ।

World Link Ads

एन प्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्टले  बुधबार कञ्चनपुरका ११ सरकारी निकायलाई ज्ञापन पत्र बुझाएको बताएका छन् ।

सचिव भट्टका अनुसार जिल्ला प्रशासन, कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई सहितका जिल्लाका ९ वटै स्थानीय तहलाई ज्ञापन पत्र बुझाईएको हो। प्रस्तावित शिक्षा ऐनमा भएका विभिन्न दफाहरुमा असहमती जनाउँदै एनप्याब्सन, प्याब्सन र हिसानले कञ्चनपुरले संशोधन सहितको माग अघि सारेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले निजी क्षेत्रलाई वेवास्ता गरेर ल्याएको ऐन मान्य नभएको बताएका छन् । उनले भने, ‘चार दशकदेखि हामीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरै भएन ।’

Sana Kishan

प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले सरोकारवाला पक्षलाई जानकारी नदिई ल्याएको विधेयक पुर्ण बिरोधाभास भएको बताए । ‘हामीले लगानी गरेको सम्पत्तीको के हुन्छ, ‘उनले भने, ‘यो विधेयक पास हुँद दिदैनौँ, बरु आत्मदाह गछौँ ।’

हिसान कञ्चनपुरका अध्यक्ष एव एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष श्यामसिह मौनीले ऐन पूर्वाग्रही, संविधान विपरित भएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

मन्त्रीपरिष्दबाट पारित भई प्रतिनिधी सभामा प्रस्तुत हुने विद्यालय शिक्षा ऐनको दफा ४ मा निजी विद्यालयको स्थापना र संचालन उपदफा (३) को यो ऐन पारम्भ हुँदाको बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सचालनमा रहेका संस्थागत विद्यालय ऐन कार्यान्वयन भएको पाँच बर्षसम्म शैक्षिक गुठीमा रुपान्तरण हुनुपर्ने बुदाप्रति गम्भिर आपत्ती जनाएका छन ।

मुख्य गरेर सोही बुँदा ससदबाट पारित भए एनप्याब्सन, प्याब्सन र हिसान कञ्चनपुरका पदाधिकारी एव निजी विद्यालयका संचालकहरुले आत्मदाहदेखि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका छन ।

भिडियो हेर्न लिंकमा जानुहोस् 
https://fb.watch/mjwzu-FiGY/

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close