सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दैछ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक बोलाएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाउने तयारी छ ।

जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। बजेट ल्याउनु १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भए पनि प्रदेशले ढिलो गरी ल्याउन लागेको हो। थाहा खबर बाट साभार









Discussion about this post