राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि आज चुनाव हुँदैछ । उपसभापतिमा स्वर्णिम वाग्ले को मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ भने महिला उपसभापतिमा सोविता गौतम र तोषिमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ ।
महामन्त्री पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवार जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सहमहामन्त्री पदका लागि रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री उम्मेदवार छन् ।
महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना कुमारी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
आज उपसभापति, महिला उपसभापति, महामन्त्री, सहमहामन्त्री र महिला सहमहामन्त्री गरी ५ पदका लागि निर्वाचन हुन लागेको हो ।
चितवनमा ६ दिनअघि सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन तीन दिनमा सक्ने कार्यतालिका रहे पनि महाधिवेशन लम्बिएको छ ।










Discussion about this post