बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका २ धौलाडीकी ३३ वर्षीया राजमती भाटको बालुवा खानीमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार मंगलबार साँझ ७ बजेको समयमा सिगास गाउँपालिका २ को धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर भाटको भएको हो ।
यस्तै बालुवाको ढिस्कोमा पुरिएर दुईजना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी रहेका छन् । उनीहरु दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post