सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रोजगारीका लागि भारत गएका परदेशीहरू बिसुपर्व मनाउन घर फर्किंदै

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत गएकाहरू बिसुपर्व मनाउन झुलाघाट नाका भएर स्वदेश फर्किन थालेका छन्। नयाँ वर्षलाई सुदूरपश्चिम र कर्णालीमा बिसुपर्वका रूपमा मनाउने चलन छ।

बिसुपर्व नजिकिएसँगै झुलाघाट नाकाबाट दैनिक दुई सयभन्दा बढी परदेशी स्वदेश फर्किने गरेको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ। बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, दैलेख, बाजुरा, डोल्पा र हुम्लालगायत विभिन्न जिल्लावासी स्वदेश फर्किरहेको प्रहरी चौकी इन्चार्ज योगेशबहादुर पालले बताए ।

झुलाघाट प्रहरी चौकीका अनुसार चैत १ गतेदेखि २४ गतेसम्म ४८० महिला र एक हजार ६३८ पुरुष गरी दुई हजार ११८ जना स्वदेश फर्किएका छन्। पछिल्लो समय पुरुषसँगै महिला पनि कामको खोजीमा भारत जाने गरेका छन्। गाउँघरमा बिसुपर्व मनाएन भने बिसु नै बिग्रेको भन्ने चलन रहेको छ। कर्णाली र सुदूरपश्चिममा बिसुपर्वलाई मुख्य चाडको रूपमा मनाउने चलन रहेकाले घरपरिवारका लागि नयाँ लुगा कपडा लिएर घर फर्किरहेको बैतडीका कृष्ण बोहराले बताए ।

बिसुपर्व ९नयाँ वर्ष०का दिन तितेपातीले नुहाउने, नयाँ लुगा फेर्ने, देवर–भाउजूबीच सिस्नो लगाउने, स्थानीय वटुक, माणा र सेलरोटी खाने चलन रहेको उनले बताए ।

Mahakali Polytechnic

घर फर्किनेहरूमा कोरोना सङ्क्रमण

World Link Ads

झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामै स्वास्थ्य चेकजाँच थालिएको छ। यही बिहीबार मात्रै झुलाघाट नाकाबाट स्वदेश फर्किंदै गरेका चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।

Sana Kishan

बिसुका लागि घर फर्किनेको भीड लागेपछि झुलाघाट नाकामै हेल्थ डेस्क स्थापना गरेर नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। कोरोना परीक्षण गरेर मात्रै स्वदेश आउन दिने गरेको उनले बताए।

घर फर्किनेहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि समुदायस्तरमा कोरोना फैलिन नदिन स्थानीय तहसँग समन्वय भइरहेको छ। बैतडी जिल्लामा शुक्रबारसम्म सक्रीय कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ। गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.