Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रोजगारीका लागि भारत गएका परदेशीहरू बिसुपर्व मनाउन घर फर्किंदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २६, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत गएकाहरू बिसुपर्व मनाउन झुलाघाट नाका भएर स्वदेश फर्किन थालेका छन्। नयाँ वर्षलाई सुदूरपश्चिम र कर्णालीमा बिसुपर्वका रूपमा मनाउने चलन छ।

बिसुपर्व नजिकिएसँगै झुलाघाट नाकाबाट दैनिक दुई सयभन्दा बढी परदेशी स्वदेश फर्किने गरेको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ। बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, दैलेख, बाजुरा, डोल्पा र हुम्लालगायत विभिन्न जिल्लावासी स्वदेश फर्किरहेको प्रहरी चौकी इन्चार्ज योगेशबहादुर पालले बताए ।

झुलाघाट प्रहरी चौकीका अनुसार चैत १ गतेदेखि २४ गतेसम्म ४८० महिला र एक हजार ६३८ पुरुष गरी दुई हजार ११८ जना स्वदेश फर्किएका छन्। पछिल्लो समय पुरुषसँगै महिला पनि कामको खोजीमा भारत जाने गरेका छन्। गाउँघरमा बिसुपर्व मनाएन भने बिसु नै बिग्रेको भन्ने चलन रहेको छ। कर्णाली र सुदूरपश्चिममा बिसुपर्वलाई मुख्य चाडको रूपमा मनाउने चलन रहेकाले घरपरिवारका लागि नयाँ लुगा कपडा लिएर घर फर्किरहेको बैतडीका कृष्ण बोहराले बताए ।

बिसुपर्व ९नयाँ वर्ष०का दिन तितेपातीले नुहाउने, नयाँ लुगा फेर्ने, देवर–भाउजूबीच सिस्नो लगाउने, स्थानीय वटुक, माणा र सेलरोटी खाने चलन रहेको उनले बताए ।

घर फर्किनेहरूमा कोरोना सङ्क्रमण

झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामै स्वास्थ्य चेकजाँच थालिएको छ। यही बिहीबार मात्रै झुलाघाट नाकाबाट स्वदेश फर्किंदै गरेका चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।

बिसुका लागि घर फर्किनेको भीड लागेपछि झुलाघाट नाकामै हेल्थ डेस्क स्थापना गरेर नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। कोरोना परीक्षण गरेर मात्रै स्वदेश आउन दिने गरेको उनले बताए।

घर फर्किनेहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि समुदायस्तरमा कोरोना फैलिन नदिन स्थानीय तहसँग समन्वय भइरहेको छ। बैतडी जिल्लामा शुक्रबारसम्म सक्रीय कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ। गोदावरी न्युज बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व