नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन्।
शनिबार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरूलाई नेपाल फर्केपछि सहज रुपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताएका हुन्।
स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनले बताए।
ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सवै ठाँउमा एकतावद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न सुझाव दिए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post