नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
यादव यहि चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन्। चौथो कार्यकालको लागि चैत ३ शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। गोदावरी न्युज बाट सभार









Discussion about this post