संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ।
बैठकमा दुई विधेयक र संसद नियमावली पेश हुने सम्भावित कार्यसूची रहेको छ।
दिउँसो १ बजे बस्ने बैठकमा संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक पेश हुने संघीय संसद सचिवालयले जनाएको छ।
दुवै विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नेछन्।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले नियमावली मस्यौदाको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश हुने कार्यसूची छ।

थाहा खबर बाट सभार









Discussion about this post