सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथालयमा कपडा वितरण

महेन्द्रनगर। कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो ४० औं वार्षिकोउत्सव तथा दोस्रो स्थापना दिवसमा अनाथ बालबालिकालाई कपडा वितरण गरेको छ। आज भीमदत्त नगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका २६ जना बालबालिकालाई कपडा वितरण गरेको हो।

उद्योग बाणिज्य संघ अध्यक्ष पिताम्बर जोशीलगायतका पदाधिकारीसहितको सहभागितामा कपडा वितरण गरिएको थियो। नीजि क्षेत्रको विकासका लागि उद्योग बाणिज्य संघको स्थापना भएको अध्यक्ष जोशीले बताए।

‘विभिन्न कठिनाईहरु झेल्दै यो संस्था ४० वर्षमा पुगेछ,’ उनले भने, ‘यो संस्था स्थापना गर्ने अग्रजहरु प्रति सम्मान व्याक्त गर्दछु।’ नीजि क्षेत्रको विकासका लागि सबैं संगठित भएर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए। ‘नीजि क्षेत्रका धेरै समस्या छन्, समस्या सामाधानका लागि सबै एकजुट हुनु जरुरी छ,’ उनले भने।

Mahakali Polytechnic

गीत भिडियो :

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.